सुआरेजले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

काठमाडौं । उरुग्वेका स्टार फुटबलर लुइस सुआरेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।
शुक्रबार पाराग्वेविरुद्ध मैदानमा उत्रन लागेका उनले उक्त खेलपछि अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिने घोषणा गरेका हुन् ।
सेन्टेनारियो रंगशालामा आयोजित पत्रकार सम्मेलनमा भावुक हुँदै सुआरेजले भने– राष्ट्रका लागि शुक्रबारको खेल मेरा निम्ति अन्तिम हुनेछ ।’ यस्तो घोषणा गर्दा आफूलाई निकै दुःख लागेको समेत उनले बताए ।
उरुग्वेको राष्ट्रिय टिमबाट १४२ खेल खेल्दै ६९ गोल गरेका सुआरेज लिभरपुल र बार्सिलोनाका पूर्व फरवार्ड समेत हुन् ।
इन्टर मियामी क्लबमा आबद्ध सुआरेजले क्लब करिअरलाई भने निरन्तरता दिनेछन् ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया