ओमानविरुद्ध रोहितको अर्धशतक

काठमाडौं । आइसिसी मेन्स क्रिकेट विश्वकप लिग २ अन्तर्गत बुधबारको ओमानविरुद्धको खेलमा नेपाली टिमका कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरेका छन् । उनले ६४ बलमा अर्धशतक बनाएका हुन् । तीन छक्का र दुई चौकाको मद्दतमा पौडेलले अर्धशतक बनाएका हुन् ।
क्यानडामा रहेको नेपालले दोस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हो । आजको खेलमा नेपालले तीन खेल परिर्वतन गरेको छ। ओपनर कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लको स्थानमा अर्जुन साउद, अनिल शाह र आरिफ सेखलाई मौका दिएको छ।३८ ओभरसम्मको खेलमा नेपालले ४ विकेट बनाएर १२६ रन जोडेको छ ।
प्रतिक्रिया