सन्दीपको एकदिवसियमा उच्च स्कोर, सोमपालसँग ५५ रनको साझेदारी
काठमाडौं । क्यानाडामा जारी आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ मा क्यानाडाविरुद्धको खेलमा नेपालका मुख्य ब्याट्सम्यान सस्तोमै आउट भएकोमा सन्दीप लामिछाने र सोमपाल कामीले महत्वपूर्ण साझेदारी गरेका छन् । आठौं विकेटका लागि उनीहरुले ५५ रनको साझेदारी गरेका हुन् । जसमा सन्दीप लामिछानेले ३५ तथा सोमपालले २० रनको योगदान गरे। सोमपाल २० रनमा आउट भएका छन् भने सन्दीप ३५ रनमा नटआउट छन् । एकदिवसिय क्रिकेटमा यो सन्दीपको करिअरकै उच्च स्कोर हो । पछिल्लो समय सन्दीपले ब्याटीङमा पनि महत्वपूर्ण योगदान दिदै आएका छन् ।
खेलमा टस जितेर नेपालले ब्याटीङ गरिरहेको छ। ४० ओभरमा आठ विकेट गुमाएर नेपालले १५० रन जोडेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया