विराटनगरले पोखरालाई दियो १४० रनको लक्ष्य
काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पूरै २० ओभरमा ७ विकेटको क्षतिमा विराटनगरले १३९ रन बनाएको हो ।
विराटनगरका लागि स्कट एडवार्ड्सले उत्कृष्ट प्रदर्शन गरे । ३४ बलमा पाँच चौका हिर्काएका उनी मात्रै पाँच रनले अर्धशतक बनाउनबाट चुके ।
लोकेश बमले २ छक्का र २ चौका हिर्काएर उनीपछिको सर्वाधिक स्कोर २६ बनाए । त्यस्तै, निकोलस किर्तोनले १९ रन बनाए भने बसिर अहमद २१ रन जोडेर अविजित रहे । विराटनगरका यसबाहेकका अन्य ब्याटरले भने दोहोरो योगफल बनाउन सकेनन् ।
बलिङतर्फ सागर ढकाल र रेमन रेइफरले समान २/२ विकेट तथा कुशल भुर्तेल र दिनेश खरेलले १/१ विकेट झारे ।
दुवै टोलीले आजको खेल हारेमा प्लेअफ सम्भवना कम हुनेछ । त्यसैले दुवै टिम जित निकाल्नै पर्ने दबाबमा छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया