कर्णालीले लुम्बिनीलाई दियो १२९ रनको लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई १२९ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ सम्हालेको कर्णालीले २० ओभरमा ८ विकेटको क्षतिमा १२८ रनको योगफल बनाएको हो ।
कर्णालीका लागि विलियम बोसिस्टोले उत्कृष्ट प्रदर्शन गरे । २९ बलको सामना गरेका उनले ३÷३ छक्का र चौका हिर्काउँदै ४५ रन जोडे । त्यस्तै, अर्जुन घर्तीले २४, बाबर १८ र चाडविक बाल्टले १३ रनको योगदान दिए । यसबाहेकका अन्य ब्याटरले भने दोहोरो योगफल बनाउन सकेनन् ।
बलिङतर्फ लुम्बिनीका विकास आग्रीले ३, तिलकराज भण्डारीले २ तथा रोहितकुमार पौडेल, साद विन जफर र रामोन सिमण्ड्सले समान १/१ विकेट लिए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया