NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १४ गते

क्यानडालाई हराउदै अमेरिका विश्वकप लिग-२ को शिर्ष स्थानमा उक्लियो

काठमाडौँ । अमेरिकाले आइसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत क्यानडालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अमेरिकाले क्यानडालाई ८८ रनले पराजित गरेको हो ।

अमेरिकाले दिएको २८७ रनको लक्ष्य पछाएको क्यानडाले ४६.१ ओभरमा अलआउट हुदै १९८ रन बनाएको थियो ।

यसअघि टस जितेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा ९ विकेट गुमाउदै २८६ रन बनाएको थियो ।

यो जितपछि अमेरिका विश्वकप लिग-२ मा शिर्ष स्थानमा उक्लिएको छ । अमेरिकाको १९ खेलमा २६ अंक भएको छ । त्यस्तै समान २६ अंक रहेको नेदरल्याण्डस रनरेटको आधारमा दोस्रो स्थानमा झरेको छ । त्यस्तै क्यानडाको २० खेलमा २० अंकसहित पाँचौं स्थानमा रहेको छ ।

त्यसैगरी नेपाल भने १२ खेलमा ६ अंकसहित लिग-२ को पुछारमा रहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष