क्यानडालाई हराउदै अमेरिका विश्वकप लिग-२ को शिर्ष स्थानमा उक्लियो
काठमाडौँ । अमेरिकाले आइसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत क्यानडालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अमेरिकाले क्यानडालाई ८८ रनले पराजित गरेको हो ।
अमेरिकाले दिएको २८७ रनको लक्ष्य पछाएको क्यानडाले ४६.१ ओभरमा अलआउट हुदै १९८ रन बनाएको थियो ।
यसअघि टस जितेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा ९ विकेट गुमाउदै २८६ रन बनाएको थियो ।
यो जितपछि अमेरिका विश्वकप लिग-२ मा शिर्ष स्थानमा उक्लिएको छ । अमेरिकाको १९ खेलमा २६ अंक भएको छ । त्यस्तै समान २६ अंक रहेको नेदरल्याण्डस रनरेटको आधारमा दोस्रो स्थानमा झरेको छ । त्यस्तै क्यानडाको २० खेलमा २० अंकसहित पाँचौं स्थानमा रहेको छ ।
त्यसैगरी नेपाल भने १२ खेलमा ६ अंकसहित लिग-२ को पुछारमा रहेको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया