ब्राजिलका महान फुटबलर पेले अस्पताल भर्ना
काठमाडौं । ब्राजिलका महान फुटबलर पेले अस्पताल भर्ना भएका छन् ।
८१ वर्षीय पेलेको गत सेप्टेम्बरमा आन्द्रामा पलाएको ट्युमरको अप्रेसन गरिएको थियो । त्यसैको फलोअपका लागि पेले ब्राजिलकै एउटा अस्पतालमा गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
पेले विश्वकै महान फुटबलर गनिन्छन् । उनले तीनवटा विश्वकपको उपाधि जितेका छन् । तीनपटक विश्वकपको उपाधि जित्ने उनी एक्ला व्यक्ति हुन् ।
ताजा अपडेट
-
इन्सपेक्टर पौडेलले गरे सगरमाथा आरोहण
-
ग्रिनकार्डको प्रलोभनमा बिहे गरेर चीनमा नेपाली युवतीको तस्करी
-
सिडिओ कार्यालयका अधिकृतलाई गोली हानी हत्या गर्ने १६ वर्षपछि समातिए
-
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक
-
वैशाख मसान्तसम्ममा ११ खर्ब ७७ अर्ब व्यापार घाटा
प्रतिक्रिया