पर्सामा १६७ मतदानस्थल र ४०४ मतदान केन्द्र कायम

वीरगञ्ज । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पर्सा जिल्लाका १४ पालिकामा कूल १६७ मतदानस्थल र ४०४ मतदान केन्द्र निर्धारण गरिएको छ ।
जिल्ला निर्वाचान कार्यालयका प्रमुख एवं जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले हाल कायम गरिएको मतदानस्थल तथा मतदात केन्द्रमध्ये सबैभन्दा बढी जिल्लाको वीरगञ्ज महानगरपालिकामा ५५ मतदानस्थल र १४३ मतदान केन्द्र निर्धारण गरिएको जानकारी दिए । यसैगरी सबैभन्दा कम जिल्लाको पकहामैनपुर गाउँपालिकामा छ मतदानस्थल र १५ मतदान केन्द्र निर्धारण गरिएको छ ।
यसैगरी क्रममा पोखरीयामा ११ मतदानस्थल र २४ मतदान केन्द्र, बहुदरमाईमा ११ मतदानस्थल र २८ मतदान केन्द्र तथा पर्सागढी नगरपालिकामा १२ मतदानस्थल र २७ मतदान केन्द्र निर्धारण गरिएको हो ।
यसैगरी विन्दवासनीमा नौ मतदानस्थल र २० मतदान केन्द्र, पकहामैनपुरमा छ मतदानस्थल र १५ मतदान केन्द्र धोवनीमा सात मतदानस्थल र १६ मतदान केन्द्र , छिपहरमाईमा आठ मतदानस्थल र २० मतदान केन्द्र, कालिकामाईमा नौ मतदानस्थल र १८ मतदान केन्द्र, जगरनाथपुरमा ११ मतदानस्थल र २३ मतदान केन्द्र, जिराभवानीमा ११ मतदानस्थल र २३ मतदान केन्द्र, पटेवासुगौलीमा आठ मतदानस्थल र १७ मतदान केन्द्र, सखुवाप्रसौनीमा सात मतदानस्थल र २१ मतदान केन्द्र तथा ठोरी गाउँपालिकामा सात मतदानस्थल र १७ मतदान केन्द्र निर्धारण गरिएको छ ।
आसन्न निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सरोकारवालाको महत्वपूर्ण भूमिका हुनुपर्नेमा कार्यालय कार्यालय प्रमुख झाले बताए ।
जिल्लामा तीन लाख ३९ हजार ८३६ मतदाता छन् ती मध्ये पुरुष मतदाता एक लाख ९१ हजार ५३७ र महिला मतदाता एक लाख ४८ हजार २८३ र अन्य मतदाता १६ छन् ।
ताजा अपडेट
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
-
कुमारी बैंकले सुरु गर्यो फोनेपे क्रेडिट कार्ड सेवा
-
‘ठूला जलविद्युत् आयोजना निर्माण सरकारको प्राथमिकतामा छन्’ : ऊर्जा मन्त्री खड्का
-
‘सेनालगायतका सुरक्षाकर्मीको सेवा सुविधा वृद्धि गर्न सरकार सकारात्मक’ : रक्षामन्त्री राई
-
धार्मिक पर्यटकीय क्षेत्र घुमारी घाट ओझेलमा
प्रतिक्रिया