ह्याग युनाइटेडको नयाँ प्रशिक्षक
काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको नयाँ प्रशिक्षकमा एरिक टेन ह्याग नियुक्त भएका छन् । क्लबले बिहीबार एक विज्ञप्ति जारी गर्दै ह्यागलाई नयाँ प्रशिक्षक नियुक्त गरेको जनाएको छ ।
ह्याग डच क्लब आयाक्सबाट युनाइटेड जाने पक्का भएको हो ।
डच प्रशिक्षक ह्यागले युनाइटेडसँग सन् २०२५ को जुन सम्मका लागि सम्झौता गरेका छन् । यस्तै उनी थप समयका लागि सम्झौता लम्ब्याउनसमेत तयार रहेको क्लबले जनाएको छ ।
युनाइटेडले ह्यागलाई दुई मिलियन पाउण्डमा सम्झौता गर्न लागेको हो ।
युनाइटेडले गत नोभेम्वरमा नर्वेजियन प्रशिक्षक ओले गनर सोल्सायरलाई बर्खास्त गरेको थियो । त्यसपछि जर्मन नागरिक राल्फ राङ्गनिकले अन्तरिम प्रशिक्षकको भूमिका सम्हाल्दै आएका छन् ।
लिभरपुल शीर्ष स्थानमा उक्लियो, युनाइटेडलाई च्याम्पियन्स लिगमा छनोट हुनै गाह्रो
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया