लिभरपुल शीर्ष स्थानमा उक्लियो, युनाइटेडलाई च्याम्पियन्स लिगमा छनोट हुनै गाह्रो
काठमाडौं । म्यानचेस्टर युनाइटेडमाथि ४–० गोलको सानदार जित निकाल्दै लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
लिभरपुललाई जित दिलाउन मोहम्मद सलाहले दुई तथा लुइस डियाज र साडियो मानेले एक–एक गोल गरे ।
युनाइटेड पारिवारिक समस्यामा परेका आफ्ना सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोविनै मैदानमा उत्रिएको थियो । रोनाल्डो नवजात छोराको मृत्युका कारण अहिले खेलमा उपस्थित हुन सकेका छैनन् ।
जितसँगै लिभरपुल एक खेल कम खेलेको म्यानचेस्टर सिटीभन्दा दुई अंकले अगाडि रहन सफल भएको छ । लिभरपुलले ३२ खेलबाट ७६ अंक जोडेको छ ।
अर्कोतिर हारसँगै युनाइटेड पाँचौ स्थानबाट झरेर छैँटौ स्थानमा झरेको छ । समान ५४ अंक जोड्नका बाबजुद युनाइटेड गोल अन्तरका आधारमा आर्सनलभन्दा पछाडि छ ।
प्रिमियर लिगमा शीर्ष ४ मा रहेका टोलीले मात्र युरोपकै सबैभन्दा प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिग खेल्न पाउँछन् । यस्तोमा छैटौं स्थानमा रहेको युनाइटेडलाई च्याम्पियन्स लिगमा स्थान बनाउन गाह्रो भएको छ ।
अझै युनाइटेडले चेल्सी, आर्सनलजस्ता ठूला टोलीसँग खेल्न बाँकी छ ।
युनाइटेडको अहिलेको तय हेर्दा च्याम्यिन्स लिग त परको कुरा पाँचौ स्थानमा रहँदै युरोपा लिग खेल्नसमेत समस्या पर्ने देखिन्छ ।
लिगमा छैटौँ हुने टोलीले कन्फ्रेन्स लिग खेल्न पाउँछ । युनाइटेड अहिले सोही स्थानमा छ ।
हेरौं अंक तालिका :

रोनाल्डो चम्किँदा युनाइटेडको च्याम्पियन्स लिग खेल्ने आशा जीवितै
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया