रोल्पाका १४ वडाअध्यक्षले दिए राजीनामा
रोल्पा । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बाट स्थानीय तहमा निर्वाचित १४ वडाध्यक्षले राजीनामा दिएका छन् । जिल्लाका १० स्थानीय तहमध्येका १४ वडाका अध्यक्षले राजीनामा गरेका हुन् ।
राजीनामा दिनेमा सनुछहरी गाउँपालिकाका–४ का वडाध्यक्ष खड्कबहादुर घर्तीमगर र वडा नं ६ का वडाध्यक्ष अमरजित पुन रहेका छन् । रोल्पा नगरपालिका–५ का वडाध्यक्ष टोपबहादुर नेपाली, वडा नं ६ का वडाध्यक्ष तुलबहादुर घर्तीमगर र वडा नं १० का वडाध्यक्ष मानबहादुर खत्रीसहित अन्य सदस्य रहेका छन् ।
त्यसैगरी त्रिवेणी गाउँपालिका–१ का वडाध्यक्ष देउराम घर्तीमगर, २ का वडाध्यक्ष कविराज बुढामगर वडा नं ५ का वडाध्यक्ष कृष्णबहादुर केसी र वडा नं ६ वडाध्यक्ष लेखमणि डाँगी, थवाङ गाउँपालिका–५ वडाध्यक्ष गोवद्र्धन घर्तीमगर रहेका छन् ।
त्यसैगरी रुन्टीगढी गाउँपालिका–१ का वडाध्यक्ष मीनबहादुर थापामगर, सुनिलस्मृति गाउँपालिका–४ का वडाध्यक्ष गन्जबहादुर क्षेत्री, गङ्गादेव गाउँपालिका–४ का वडाध्यक्ष रामबहादुर वली रहेका छन् ।
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पुनः उम्मेदवारी दिन रोल्पा जिल्लाका विभिन्न स्थानीय तहका वडाध्यक्ष र सदस्य गरी ३८ जनप्रतिनिधिले राजीनामा दिएका छन् ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया