यी हुन् काठमाडौंको मेयरमा पहिलो दिन उम्मेदवारी दिएका १६ जना
काठमाडौं । उम्मेदवारी दर्ताको पहिलो दिन आइतबार काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर)का लागि १६ जनाले उम्मेदवारी दिएका छन् ।
उनीहरूले विभिन्न पार्टीको नामबाट उम्मेदवारी दिएका हुन् । साथै, स्वतन्त्र उम्मेदवारी दिने पनि प्रशस्तै छन् ।
यस्तै, उपप्रमुख (उपमेयर)मा १७ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।
यसैगरी, काठमाडौं महानगरका विभिन्न वडाको वडाध्यक्षमा २३ जना र वडा सदस्यमा ८ जनाले उम्मेदवारी दिएका छन् ।
सोमबार पनि उम्मेदवारी दर्ता हुनेछ । बिहान ११ बजे सुरु भएर बेलुका ५ बजेसम्म दर्ता हुने आयोगले जनाएको छ ।
मेयरमाउम्मेदवारी दिएका १६ जना :
१. आनन्दराज जोशी (राष्ट्रिय यथार्थवादी पार्टी नेपाल)
२. रविकान्त मानन्धर (स्वतन्त्र)
३. राजन कार्कीले (स्वतन्त्र)
४. बालेन्द्र शाह (बालेन) (स्वतन्त्र)
५. समीक्षा बाँस्कोटा (विवेकशील साझा पार्टी)
६. सुरेशचन्द्र बज्रााचार्य (आधुनिक नेपाल समाजवादी पार्टी)
७. रामबहादुर खडका (नेपाल समावेशी पार्टी)
८. सीता तामाङ (मंगोल नेशनल अर्गनाइजेशन पार्टी)
९. मनोजराज आचार्य (मौलिक जरोकिलो पार्टी)
१०. ज्ञानु लामा तामाङ (स्वतन्त्र)
११. सुमन सायमी (उपत्यका सडक बिस्तार पीडित संघर्ष समितिका संयोजक)
१२. अमोट महर्जन (स्वतन्त्र)
१३. विपिनराज वैद्य
१४. सूर्य थापा श्रेष्ठ
१५. डिल्लीराम राजभण्डारी
१६. जेठा महर्जन ।
उपमेयरमा उम्मेदवारी दिएका :
१. गुणबहादुर बञ्जारा (आधुनिक नेपाल समाजवादी पार्टी)
२. कीर्ति तुलाधर (विवेकशील साझा पार्टी)
३. विद्या श्रेष्ठ (उपत्यकाव्यापी सडक बिस्तार पीडित संघर्ष समिति, कोषाध्यक्ष)
४. अमरबहादुर खत्री (स्वतन्त्र)
५. विश्वविजय श्रेष्ठ (स्वतन्त्र) ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया