सुर्खेतको वीरेन्द्रनगरमा उम्मेदवारी दर्ता
कर्णाली । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा विभिन्न दलहरूले उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाली कांग्रेसबाट नगर प्रमुखमा उपेन्द्र खड्का र उपप्रमुखमा रामकुमारी थापा, नेकपा (एमाले) बाट प्रमुखमा मोहनमाया ढकाल र उपप्रमुखमा निलकण्ठ खनाल तथा नेकपा (माओवादी केन्द्र)बाट प्रमुखमा राजेन्द्र गिरी र उपप्रमुखमा शान्ति ढकालले उम्मेदवारी दर्ता गराएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा (एकीकृत समाजवादी)बाट प्रमुखमा धना जिसी र उपप्रमुखमा थिरबहादुर रावत तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुखमा मुकुन्दश्याम गिरी र उपप्रमुखमा अन्जु बस्यालले उम्मेदवारी दर्ता गराएका छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया