सुर्खेतको वीरेन्द्रनगरमा उम्मेदवारी दर्ता
कर्णाली । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा विभिन्न दलहरूले उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाली कांग्रेसबाट नगर प्रमुखमा उपेन्द्र खड्का र उपप्रमुखमा रामकुमारी थापा, नेकपा (एमाले) बाट प्रमुखमा मोहनमाया ढकाल र उपप्रमुखमा निलकण्ठ खनाल तथा नेकपा (माओवादी केन्द्र)बाट प्रमुखमा राजेन्द्र गिरी र उपप्रमुखमा शान्ति ढकालले उम्मेदवारी दर्ता गराएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा (एकीकृत समाजवादी)बाट प्रमुखमा धना जिसी र उपप्रमुखमा थिरबहादुर रावत तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुखमा मुकुन्दश्याम गिरी र उपप्रमुखमा अन्जु बस्यालले उम्मेदवारी दर्ता गराएका छन् ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया