हेटौँडा उपमहानगरमा मनोनयन दर्ता
मकवानपुर । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा विभिन्न दलहरुले मनोनयन दर्ता गराएका छन् ।
गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)की मीनाकुमारी लामाले प्रमुखमा र नेपाली कांग्रेसका राजेश बानियाँले उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् । दुवै जनाले हेटौँडा उपमहानगरपालिका–२ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । प्रमुख र उपप्रमुखमा मिलेर मनोनयन दर्ता गराए पनि हेटौँडाको १९ वटै वडामा भने कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रले छुट्टाछुट्टै उम्मेदवारी मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।
यस्तै नेकपा (एमाले)बाट प्रमुखमा अनन्त पौडेल र उपप्रमुखमा सुमित्रा काफ्ले, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुखमा दीपकबहादुर सिंह र उपप्रमुखमा इन्दिरा न्यौपाने तथा जसपाबाट प्रमुखमा दिपा लामा र उपप्रमुखमा हरिहर खतिवडाले उम्मेदवारी दर्ता गराएका छन् । यसअघि आइतबार सात जनाले मनोनयन दर्ता गराएका थिए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया