हेटौँडा उपमहानगरमा मनोनयन दर्ता
मकवानपुर । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा विभिन्न दलहरुले मनोनयन दर्ता गराएका छन् ।
गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)की मीनाकुमारी लामाले प्रमुखमा र नेपाली कांग्रेसका राजेश बानियाँले उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् । दुवै जनाले हेटौँडा उपमहानगरपालिका–२ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । प्रमुख र उपप्रमुखमा मिलेर मनोनयन दर्ता गराए पनि हेटौँडाको १९ वटै वडामा भने कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रले छुट्टाछुट्टै उम्मेदवारी मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।
यस्तै नेकपा (एमाले)बाट प्रमुखमा अनन्त पौडेल र उपप्रमुखमा सुमित्रा काफ्ले, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुखमा दीपकबहादुर सिंह र उपप्रमुखमा इन्दिरा न्यौपाने तथा जसपाबाट प्रमुखमा दिपा लामा र उपप्रमुखमा हरिहर खतिवडाले उम्मेदवारी दर्ता गराएका छन् । यसअघि आइतबार सात जनाले मनोनयन दर्ता गराएका थिए ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया