नेपाललाई चौथो सफलता, सोमपालले लिए विकेट

काठमाडौं । जिम्बावे ए विरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा नेपालले चौथो सफलता हासिल गरेको छ ।
सोमपाल कामीले नेपाललाई चौथो सफलता दिलाएका हुन् । डेब्यु गरेका किशोर महतोले दुई तथा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिएका हुन् ।
जिम्बावेले अहिले १८.३ ओभरमा ४ विकेटको क्षतिमा १२३ रन बनाएको छ ।
नेपालको सुरुवाती ११ :
सन्दीप लामिछाने, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, किशोर महतो, बसिर अहमद र सुनिल धमला ।
नेपाललाई तेस्रो सफलता, डेब्यु गरेका किशोरले लिए दोस्रो विकेट
प्रतिक्रिया