मतपत्र र निर्वाचन सामग्रीसहित मतदान अधिकृत मतदान केन्द्रमा
कास्की । वैशाख ३० गतेको स्थानीय तह सदस्य निर्वाचनका लागि कास्कीका मतदान केन्द्रहरूमा मतपत्रसहितका निर्वाचन सामग्री पु¥याइएको छ । प्रदेश निर्वाचन कार्यालय पोखराबाट आज सम्बन्धित मतदान केन्द्रका मतदान अधिकृतहरूले मतदान सामग्री बुझेका हुन् । मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मी निर्वाचन सामग्री लिएर आफूलाई खटाइएको केन्द्रमा पुगेका छन् ।
प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकृत आकाङ्क्षा रिजालले मादी, अन्नपूर्ण, माछापुच्छ«े र रुपा गाउँपालिकाका सम्पूर्ण मतदान केन्द्रका मतदान अधिकृतहरूलाई मतपेटिका, मतदाता परिचयपत्र, मतदाता नामावलीलगायतका ६४ प्रकारका सामग्री प्रदान गरिएको बताए ।
उनका अनुसार पोखरा महानगरपालिकाको केही मतदान केन्द्रमा बाहेक सबैमा मतपत्रसहित कर्मचारी पुगेका छन् । पोखरा महानगरका पनि सबैलाई साँझसम्म सामग्री प्रदान गरिसकिने बताइएको छ । मतदान अधिकृतहरूले निर्वाचन कार्यालयबाट मतदान सामग्री र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र बुझेका हुन् ।
निर्वाचन अधिकृत रिजालले भने, “चारवटा गाउँपालिकामा सबै मतदान अधिृकतले मतदान सामग्री बुझेर जानुभएको छ, उहाँहरू आजै तोकिएको केन्द्रमा पुग्नुहुनेछ ।” स्थानीय तह निर्वाचनका लागि कास्कीका पाँचवटा पालिकामा गरी १५० मतदानस्थल र ३३६ मतदान केन्द्र तोकिएका छन् । पोखरा महानगरपालिकामा सबैभन्दा धेरै मतदान केन्द्र रहेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदान केन्द्रमा सुरक्षाकर्मीबाहेक सात जना कर्मचारी खटिने छन् । एउटा केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, दुई जना सहायक कर्मचारी र एक जना सहयोगी कर्मचारीको प्रबन्ध गरिएको छ । त्यसैगरी मतदान अधिकृतले तीन जना स्वयंसेवक नियुक्त गर्न सक्नेछन् ।
निर्वाचनमा खटिएका मतदान अधिकृतलगायतका सबै कर्मचारीले नियुक्तिपत्र र निर्वाचन सुविधा बुझेका छन् । चार गाउँपालिकाका अधिकृतलगायतका कर्मचारीले सोमबार र पोखरा महानगरकालाई आज प्रदान गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिृकत निलप्रसाद पनेरुले जानकारी दिए ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया