धनुषामा निर्वाचन तयारी पूरा
धनुषा । शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि सुरक्षा व्यवस्थासहित धनुषामा सबै तयारी पूरा भएको छ ।
जिल्लाका १८ स्थानीय तहका मतदान केन्द्रमा मतपेटिका र मतपत्रलगायतका आवश्यक सामग्री पुगिसकेको छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रदीपबहादुर क्षेत्रीले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि सबै मतदानस्थलमा म्यादीसहितको सुरक्षाकर्मी परिचालन भइसकेको जानकारी दिए ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचनमा भाग लिने ३२ राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसहित ६ हजारभन्दा बढी उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
निर्वाचन अन्तर्गत बिहीबार मतदाता परिचयत्रपत्र वितरण गर्नुका साथै मतदाता शिक्षाअन्तर्गत मतदान गर्ने तरिकासम्बन्धी जानकारी दिइने मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले बताए । उनका अनुसार जिल्लामा ३२३ मतदान स्थल र ५९६ मतदान केन्द्र कायम गरिएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया