काठमाडौँ महानगरपालिकाको प्रमुखका उम्मेदवारले कहाँबाट गर्दैछन् मतदान ?
काठमाडौं । काठमाडौँ महानगरपालिकाको प्रमुख पदको उम्मेदवारी दिएकी सिर्जना सिंहले वडा नम्बर १६ र केशव स्थापितले वडा नम्बर २८ बाट मतदान गर्ने भएका छन् ।
सत्ता गठबन्धनको तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुखको लागि उम्मेदवारी दिएकि सिंहले महानगरपालिकाको वडा नम्बर १६ स्थित युवक माविबाट मतदान गर्ने बताइएकोे छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तर्फबाट प्रमुख पदको उम्मेदवारी दिएका स्थापितले वडा नम्बर २८ स्थित पद्यकन्या क्याम्पस केन्द्रबाट मतदान गर्ने जनाइएको छ । विवेकशील साझाबाट प्रमुखको उम्मेदवारी दिएकि समीक्षा बास्कोटाले वडा नम्बर ३१ स्थित भ्याली भ्यु मतदान केन्द्र र स्वतन्त्रबाट प्रमुखकै उम्मेदवारी दिएका वालेन्द्र साह (वालेन) ले वडा नम्बर ९ मा रहेको तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण केन्द्रबाट मतदान दिने भएका छन्।
त्यसैगरी गठबन्धनकै तर्फबाट उपप्रमुखको उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले वडा नम्बर १२ र एमालेको तर्फबाट उपप्रमुखको उम्मेदवारी दिएकि सुनिता डंगोलले वडा २१ बाट मतदान गर्ने छन् । शुक्रबार सम्पन्न हुने स्थानीय तह निर्वाचनका लागि काठमाडौं महानगरपालिकाको लागि १५६ केन्द्र र ३६३ मतदानस्थल तोकिएको छ ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया