रसुवामा स्थानीय निर्वाचनमा २५५ कर्मचारी

रसुवा । स्थानीय तहको निर्वाचन सम्पन्न गर्न जिल्लामा सबै खाले तयारी पूरा भएको छ । जिल्लाका ३४ मतदानस्थलका ५१ मतदान केन्द्रमा तयारी पूरा गरिएको हो ।
मतदान सम्पन्न गराउन २५५ कर्मचारी, १५३ स्वयंसेवक र आवश्यकतानुसार सुरक्षाकर्मीसमेत सम्बन्धित मतदान केन्द्रमा परिचालन भइसकेको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताए ।
मतदानका लागि बुथ निर्माण र मतदान अधिकृतद्वारा सर्वदलीय बैठकसमेत सम्पन्न गराइसकेका कारण मतदान सहजरूपले सम्पन्न हुने धुञ्चे मतदान केन्द्र प्रमुख गीता पोखरेलले बताए ।
यस्तै दूरदराजको क्षेत्र लाङ्टाङमा मतदान सम्पन्न भएपछि गणनाका लागि हेलिकप्टरमार्फत मतपेटिका धुञ्चे ल्याउने तय भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्लामा पाँच मतदान अधिकृतको कार्यालय स्थापना भएको र लाङ्टाङ क्षेत्र गोसाइँकुण्ड गाउँपालिका–४ मा पर्ने भएकाले गणनाका लागि सदरमुकाम ल्याउन लागिएको हो । यस्तै मतगणनास्थलमा सिसी क्यामरासहित सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ ।
ताजा अपडेट
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
-
रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग
प्रतिक्रिया