दाङमा शीर्ष नेताहरुको मतदान
दाङ । स्थानीय तह निर्वाचनमा दाङमा राजनीतिक दलका शीर्ष नेताहरुले आ–आफ्ना मतदान केन्द्रमा मतदान गरेका छन् ।
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले तुलसीपुर उपमहानगरपालिका–ं१९ स्थित जनता विद्यापीठ बिजौरीस्थित मतदान केन्द्रमा मतदान गरेका हुन । त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दीपक गिरीले दङ्गीशरण गाउँपालिका–४ स्थित रात्रि मावि बैबाङ मतदान केन्द्रमा मतदान गरेका छन् ।
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रेखा शर्माले घोराही उपमहानगरपालिका–१८ स्थित आधारभूत विद्यालय मसिनाबाट मतदान केन्द्रमा र सोही पार्टीका अर्का केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले तुलसीपुर–१२ को पशुपति मावि हरिपौराबाट मतदान गरेका छन् ।
प्रतिनिधिसभा सदस्य हीराचन्द्र केसीले तुलसीपुरको बोर्डिङमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन । त्यस्तै संविधानसभा सदस्य मुख उम्मेदवार स्यानी चौधरी, विप्लव निकट नेकपाबाट उपप्रमुखका स्वतन्त्र उम्मेदवार खेमराज वलीलगायतले पनि मतदान गरेका छन ।
एमालेका उपाध्यक्ष युवराज ज्ञवालीको वडामा भने मतदान हुन सकेन । वडा सदस्यका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि मतदान जेठ ३ गते मात्रै हुने भएको छ । ज्ञवालीको तुलसीपुर–१७ दीपेन्द्र मावी मानपुरमा मतदान केन्द्र रहेको छ ।
१५३ मतदानस्थल ४६१ मतदान केन्द्र रहेको दाङमा चार लाख नौ हजार ९०२ मतदाता रहेका छन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया