महासंघका वरिष्ठ उपाध्यक्ष ढकालद्वारा मतदान

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले मतदान गरेका छन् । उपाध्यक्ष ढकालले काठमाडौंको विशालनगरमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।
स्थानीय तह निर्वाचनमा देशभर १ लाख ४५ हजार ११ उम्मेदवार चुनावी मैदानमा छन् । मतदाताले मत जाहेर गरेर यिनैमध्येबाट जनप्रतिनिधि चयन गर्नेछन् ।
यस पटक कूल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन् । निर्वाचनका लागि दश हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन्।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया