बाबुरामले भने, ‘मतपत्र गोप्य नै हुनुपर्छ भन्ने सिद्धान्त छैन’
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले मतपत्र गोप्य नै हुनुपर्छ भन्ने सिद्धान्त नभएको प्रष्टोक्ति दिएका छन् । नेपालको कानुनमा मतसंकेत सार्वजनिक गर्न नपाउन प्रष्ट व्यवस्था हुँदा हुँदै पनि उनले यसमा गोप्यताको कुनै सिद्धान्त नहुने बताएका हुन् ।
उनले स्वस्तिक चिह्नसमेत देखिने गरि सार्वजनिक गरेको मतदानको तस्विर सामाजिक सञ्जालमा पोष्ट गरेसँगै भट्टराईको आलोचना भएको छ । त्यसको प्रष्टोक्ति दिँदै उनले ट्वीट गरेका छन्, ‘लोकतान्त्रको आधार भनेको व्यक्तिले आफ्नो विचार/मत खुला रुपमा व्यक्त गर्न र प्रचारप्रसार गर्न पाउनु हो । मतदान गोप्य नै हनुुपर्छ भन्ने कुनै सिद्धान्त हुँदैन ।’ उनले थप लेखेका छन्, ‘गोप्य मतदान भनेको कसैले आफ्नो मत गोप्य राख्न चाहन्छ भने उसलाई छुट दिने भनेको हो । तर खुला गर्छ भने रोक्ने भनेको हैन !’
निर्वाचन कसुर तथा सजाय ऐन २०७३ मा मतसंक्ेत सार्वजनिक गरेको ठहरिएका १५ हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने सजाय तोकिएको छ ।
मतसंकेत सार्वजनिक गरेका बाबुरामलाई हुनसक्छ १५ हजार जरिवाना
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया