कैलालीमा मतदान उत्साहजनक
सुदुरपश्चिम । कैलाली जिल्लामा स्थानीय तहको निर्वाचनका क्रममा मतदाताहरुले शान्तिपूर्ण वातावरणमा मताधिकार प्रयोग गरिरहेका छन् ।
मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधीश जयानन्द पनेरुले जिल्ला भरका मतदान केन्द्रमा बिहान ७ बजेदेखि सुरु भएको मतदानमा मतदाताले उत्साहजनक रुपमा मताधिकार प्रयोग गरिरहेको जानकारी दिए ।
बिहान ११ बजेसम्म जिल्लामा १७ देखि २५ प्रतिशतसम्म मत खसेको अनुमान गरिएको उनले बताए । जिल्लाका केही स्थानीय तहमा आजैदेखि मतगणना सुरु गर्ने तयारी भइरहेको छ ।
धनगढी उपमहानगरपालिकाको मतगणना भने भोलि ११ बजेबाट सुरु गर्ने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत पनेरुले जानकारी दिए । जिल्लामा १३ स्थानीय तहमध्ये सबै तहका मतपेटिका सम्बन्धित निर्वाचन कार्यालयमा ल्याएपछि मतगणना सुरु हुने जनाइएको छ ।
जिल्लाका कूल १३ स्थानीय तहमा २३६ मतदानस्थल र ६१९ मतदान केन्द्रको व्यवस्था गरिएको छ ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया