झडपमा घाइते भएका मतदान अधिकृतलाई लिन सेनाको हेलिकप्टर हुम्लामा
काठमाडौं । हुम्लाको चंखेली गाउँपालिकामा भएको झडपमा घाइते भएका मतदान अधिकृत कृष्णप्रसाद आचार्यलाई लिन नेपाली सेनाका हेलिकप्टर त्यसतर्फ प्रस्तान गरेको छ ।
घाइते आचार्य र कार्यलय सहयोगी काला रोकायलाई लिन सुर्खेतबाट सेनाको हेलिकप्टर हुम्ला गएको कर्णाली प्रदेश प्रहरी कार्यलयले जनाएको छ ।
मतदानका क्रममा प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले गोली चलाएको थियो । उक्त घटना चंखेली गाउँपालिका–२ स्थित महादेव मावि मतदान केन्द्रमा भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइतेहरूको उपचार सुर्खेत अस्पतालमा हुँदैछ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया