ललितपुरमा ५० प्रतिशत बढी मत खस्यो

ललितपुर । ललितपुर महानगरपालिकामा दिउँसो सम्ममा ५० प्रतिशतभन्दा बढी मत खसेको छ ।
कतिपय वडामा ५५ देखि ६० प्रतिशतसम्म मत खसेको मुख्य निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटीले जानकारी दिए ।
उनका अनुसार निर्धारित समयसम्ममा ६५ देखि ७० प्रतिशत मत खस्ने अनुमान गरिएको छ । मतदानस्थलमा बिहान भीडभाड देखिएपनि दिउँसो कम भएको सिवाकोटीले बताए ।
अपराह्नपछि पुनः मतदान केन्द्रमा मतदाता बढ्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया