हरिनास १ मा कांग्रेसका गुरुङ विजयी
वालिङ । स्याङ्जाको हरिनास गाउँपालिका १ मा नेपाली काग्रेसका ईन्द्रबहादुर गुरुङ विजयी भएका छन्।
नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच गठबन्धन रहेको उक्त वडामा विजयी भएका गुरुङले ८०४ मत प्राप्त गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का मिलनराज श्रेष्ठले ५४२ मत प्राप्त गरेका छन ।
दुई वडाध्यक्षकाबीचमा २६२ को मतान्तर रहेको छ । त्यस्तै सदस्यमा गठबन्धनका तर्फबाट लक्ष्मी विक ८२३, देवीमाया दर्जी ८०९, तेजबहादुर थापा ७६५, प्रेमबहादुर मानन्धर ८०४ मतसहित विजयीभएको निर्वाचन अधिकृत घनश्याम सुवेदीले जानकारी दिए ।
गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पनि गठबन्धनकै सुरुआती अग्रता रहेको जनाइएको छ । गठबन्धनकातर्फबाट कांग्रेसले अध्यक्षमा ८३१ मत ल्याउँदा एमालेले ५१८ मत प्राप्त गरेको छ ।
स्याङ्जामा ५ नगरपालिका र ६ गाउँपालिकामा ९७ वडा छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया