भरतपुरमा रेनुको सय मतको अग्रता

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहालले एक सय मतको अग्रता लिएकी छिन् ।
२९७० मतगणना हुँदा रेनुले ११०६ मत ल्याएकी छिन् ।
मेयरमा एमालेबाट उम्मेदवार बनेका विजय सुवेदीले एक हजार ८ मत पाएका छन् ।
कांग्रेसबाट बागी बनेका जगन्नाथ पौडेलले पनि राम्रो मत ल्याइरहेका छन् । उनले झण्डै चार सय मत ल्याएका छन् ।
भरतपुरमा पछिल्लो केही घण्टादेखि रेनुले निरन्तर अग्रता लिंदै आएकी छिन् ।
प्रतिक्रिया