शङ्खरापुरमा एकीकृत समाजवादीको अग्रता
काठमाडौं । शङ्खरापुर नगरपालिकाको नगरप्रमुख पदमा नेकपा (एकीकृत समाजवादी) का लक्ष्मीप्रसाद (एलपी) श्रेष्ठले अग्रता कायम गरेका छन् ।
श्रेष्ठले दुई हजार ३१७ मत प्राप्त गरेको नगर निर्वाचन कार्यालय जनाएको छ । उनलाई पछ्याउँदै नेकपा एमालेका कृष्णलाल बजगाइँले दुई हजार २७७ मत प्राप्त गरेका छन् । । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रमेश नापितले दुई हजार २४८ मत ल्याएका छन्।
नेकपा माओवादी केन्द्रका मधु (नीरज) केसीले एक हजार ८५६ मत प्राप्त गरेका छन् । त्यस्तै जनता समाजवादी पार्टी (जसपा) का भुवन वाइवाले ५८ मत प्राप्त गरेका छन् । नगर उपप्रमुखमा नेपाली कांग्रसकी समिता श्रेष्ठको अग्रता रहेको छ ।
उनले तीन हजार ४९४ मत प्राप्त गरेकी छिन् । त्यस्तै उपप्रमुखमा नेकपा मओवादी केन्द्रकी चण्डिका दङ्गालले एक हजार ७९२ मत प्राप्त गरेकी छिन् । राप्रपाकी विजयकुमारी वाइवाले एक हजार ७३२ मतका साथ प्रतिस्पर्धामा रहेकी छिन् । एमालेकी लक्ष्मी केसीले एक हजार ७२६ मतका साथ पछ्याएकी छिन् । नगरपालिकामा हालसम्म नौ हजार ६७३ मतगणना भएको नगर निर्वाचन अधिकृत सीता निरौलाले जानकारी दिइन ।
वडा नं २ र ८ मा कांग्रेस विजयी
नगरपालिकाको वडा नं २ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । स्थानीय तहको निर्वाचन अन्तर्गत गत शुक्रबार भएको मतदानको मतगणनाबाट कांग्रेसका रणबहादुर थिङ वडा अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
यसैगरी खुला सदस्यद्वयमा राकेश गुरुङ र वासुदेव लामिछाने निर्वाचित भएका छन् । त्यस्तै महिला सदस्यमा मीनाकुमारी घिसिङ निर्वाचित भएकी छिन् । यसैगरी वडा नं ८ मा पनि कांग्रेसका पोते थिङ वडा अध्यक्ष पदमा निर्वाचित भएका छन् । सदस्यहरुमा महिलामा तारा रानाभाट, खुलामा समाजवादीसँगको गठबन्धनका मनोज तामाङ र सुदन केसी निर्वाचित रहेको जनाइएको छ ।
नगरपालिकाको वडा नं १ एमाले वडा नं ३ मा माओवादी र वडा नं ९ मा कांग्रेस यसअघि नै निर्वाचित भइसकेका छन् । अहिलेसम्म नगरपालिकाको पाँच वटा वडाको मतगणना भइसकेको छ । नौ वटा वडा रहेको नगरपालिकामा अहिले वडा नं ४ र ७ को मतगणना भइरहेको छ । यो सकेपछि वडा नं ५ र ६ को मत गन्न बाँकी रहने नगर निर्वाचन कार्यालयले जनाएको छ ।
कुल २२ हजार ५०० मतदाता रहेको नगरपालिकामा वैशाख ३० गते भएको निर्वाचनमा १७ हजार १०० मत खसेको थियो ।
ताजा अपडेट
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान


प्रतिक्रिया