जसपाले खाता खोल्यो, अमेरिकी नागरिकता त्यागेका गायक बने अध्यक्ष
काठमाडौं । ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) का गम्बु शेर्पा निर्वाचित भएका छन् । शेर्पाले नेपाली कांग्रेसका भूपेन्द्र बस्नेतलाई १३० मतान्तरले पराजित गरेका हुन् ।
शेर्पाले दुई हजार ८८२ मत ल्याएका थिए भने निकटतम प्रतिद्वन्द्वी बस्नेतले दुई हजार ७५२ मत ल्याए ।
नेकपा (एमाले) का रामबहादुर खत्रीले एक हजार ७१५ मत प्राप्त गरे ।
उपाध्यक्षमा कांग्रेसकी सुशीला तामाङ विजयी भएकी छन् । उनले दुई हजार ८२४ मत ल्याएर विजयी हुँदा जसपाका उम्मेदवारले दुई हजार २४१ र एमालेको उम्मेदारका पक्षमा एक हजार ७१५ मत खसेको निर्वाचन अधिकृत विष्णुहरि बरालले जानकारी दिए ।
नवनिर्वाचित अध्यक्ष शेर्पा चीन, अमेरिकालगायतका देशमा बसेर नेपाल फर्किएर राजनीतिमा लागेका हुन् ।
गायन क्षेत्रमा समेत राम्रो पहिचान बनाएका उनी खिजीदेम्बा गाउँपालिका–६ का स्थायी बासिन्दा हुन् । उनले केही समयअघि मात्रै उनले अमेरिकको नागरिकता त्यागेका थिए ।
स्थानीय तहमा जसपाको यो पहिलो जित हो । पछिल्लो परिणाममा जसपाले देशभरका २९ स्थानीय तहमा लिड गरिरहेको छ ।
ताजा अपडेट
-
सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत
-
‘मन्दीले ऋण प्रवाह घट्यो, बैंकले साना-ठूला भनेर भेदभाव गर्दैन’(अन्तर्वार्ता)
-
सुनको मूल्य दुई हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
-
सूचना-प्रविधि क्षेत्रको विस्तारका निम्ति नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा
-
चितवनमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
प्रतिक्रिया