पोखरा महानगरमा एकीकृत समाजवादीका आचार्यको मतान्तर बढ्दै

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिकाको जारी मतगणनामा सत्तारूढ गठबन्धनबाट प्रमुखका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यको मतान्तर बढ्दै गएको छ ।
महानगरको वडा नं १, २, ३, ४, १२, १३ २३, २४ र २५ को हालसम्म १३ हजार ८९७ मत गणनामा आचार्यले पाँच हजार ६९० मतसहित अग्रता बनाएका हुन् । उनका प्रत्याशी नेकपा (एमाले)का कृष्णबहादुर थापाले पाँच हजार ५० मत ल्याएका छन् । महानगर प्रमुखमा ६४० मतान्तरले आचार्य अघि छन् ।
यसैगरी उपप्रमुखमा कांग्रेसका कोपिला रानाभाट झिनो मतसहित अघि छिन् । रानाभाटले पाँच हजार ७१९ मत प्राप्त गर्दा एमालेका मञ्जुदेवी गुरुङको पाँच हजार ६८७ मत छ ।
हालसम्म महानगरका तीन वडाको अन्तिम मत परिणाम सार्वजनिक भएकामा वडा नं १ मा एमाले र वडा नं २ र वडा नं १२ मा नेपाली कांग्रेसका उम्मेदवार वडाध्यक्षमा विजयी भएका हुन् । कास्कीमा पाँच पालिकामध्येमा हालसम्म रुपा र माछापुच्छ«ेको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
रुपामा अध्यक्ष र उपाध्यक्षसहित बहुमत वडामा एमाले र माछापुच्छ«ेमा अध्यक्ष र उपाध्यक्षसहित सात वडामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । यसैगरी गणना जारी रहेका अन्नपूर्ण र मादी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारको अग्रता छ ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया