विराटनगर महानगरको मेयरमा कांग्रेसका कोइरालाको १५ सयभन्दा बढीको अग्रता
काठमाडौं । विराटनगर महानगरपालिकाको मेयर (प्रमुख) पदमा प्राप्त पछिल्लो मत परिणामअनुसार गठबन्धन दल नेपाली कांग्रेसका उम्मेदवारको अग्रता कायमै रहेको छ ।
मुख्य निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले मतगणना स्थल आदर्श माध्यमिक विद्यालयबाट जारी गरेको सूचनाअनुसार कांग्रेसका महानगर प्रमुख पदका उम्मेदवार नागेश कोइरालाले ६ हजार ३४३, नेकपा (एमाले)का सागर थापाले चार हजार ८३३ र स्वतन्त्र उम्मेदवार (लाल्टिन)का उमेश यादवले दुई हजार ३१ मत प्राप्त गरेका छन् ।
कांग्रेसको कोइराला एमालेका थापाभन्दा एक हजार ५१० ले अघि छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया