मिक्लाजुङमा कांग्रेस विजयी
मिक्लाजुङ । मोरङको मिक्लाजुङ गाउँपालिका अध्यक्ष पदमा नेपाली कांग्रेसका बवीकुमार राईले आठ हजार २५३ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा (एमाले) का नरेन्द्रप्रसाद ढुङ्गेल चार हजार ९१६ मत प्राप्त गरेका थिए ।
शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत सो गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का दिनेश पौडेल पाँच हजार ६२६ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी एमाले निर्मल राईले पाँच हजार ४५५ मत प्राप्त गरेका थिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया