दंगीशरणको अध्यक्ष-उपाध्यक्षमा कांग्रेसको जित

दाङ । दाङको दंगीशरण गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रस शम्मु गिरी र उपाध्यक्षमा पीमाकुमारी खड्काले विजय हासिल गरेका छन् । नवनिर्वाचित गिरीले पाँच हजार ७६७ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का मेघनाथ शाहले चार हजार ४९ मत प्राप्त गरेका छन् ।
नेकपा (माओवादी केन्द्र) का उम्मेदवार मनिराम चौधरीले एक हजार ७८३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय दंगीशरणले जनाएको छ । त्यस्तै उपाध्यक्षमा कांग्रेसका पीमाकुमारी खड्का चार हजार ७७९ मत प्राप्त गरी विजयी भएका छन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका बुधनी चौधरीले चार हजार ३११ र माओवादीका निर्मला चौधरीले एक हजार ८४६ मत प्राप्त गरेका छन् । खड्का यसअघि पनि गाउँपालिकाको उपाध्यक्ष जित्न सफल भएका थिए । अध्यक्ष एमालेले जितेको थियो । कूल १८ हजार १०६ मतदाता रहेकामा १३ हजार ८७ अर्थात् ६६.७३ मत खसेको थियो ।
तुलसीपुर उपमहानगरपालिका–१७ मा मतदान सुरु
दाङको तुलसीपुर उपमहानगरपालिका–१७ मा मतदान सुरु भएको छ । एमालेका वडाध्यक्षमा उम्मेदवार बन्नुभएका लबरु चौधरीको निधन भएपछि स्थानीय तहको निर्वाचन यही जेठ ३ गते सारिएको थियो ।
निर्वाचन सहायक अधिकृत ढकबहादुर रावतका अनुसार जनकल्याण मावि दूधरास र दीपेन्द्र मावि मानपुरमा मतदानस्थल तोकी त्यहाँ सातवटा मतदान केन्द्र राखिएको छ । दूधरासमा दुई हजार ७३४ र मानपुरमा तीन हजार ३८३ मतदाता सङ्ख्या छ ।
सो वडाको मतदान सकिएपछि आज बेलुकाबाट तुलसीपुर उपमहानगरपालिकाको मतगणना सुरु गरिने निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरले जनाएको छ ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया