मकवानपुरका दुई पालिकामा एमाले र एक पालिकामा गठबन्धन निर्वाचित

मकवानपुर । मकवानपुरको तीनवटा स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । इन्द्रसरोवर गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का देवकृष्ण पुडासैनी र उपाध्यक्ष पदमा उमाकुमारी लामा निर्वाचित भएक छन् ।
भीमफेदी गाउँपालिकाको अध्यक्षमा एमालेकै हिदम लामा र उपाध्यक्षमा गठबन्धनको तर्फबाट कांग्रेस सञ्जीव श्रेष्ठ निर्वाचित भएका छन् । त्यस्तै कैलाश गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा कांग्रेसका लोक मुक्तान र उपाध्यक्षमा माओवादी केन्द्रका बालकुमार मल्ल निर्वाचित भएका हुन् । इन्द्रसरोवरमा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्षसहित पाँच वटामध्ये दुई वटावडामा नेतृत्व गरेको छ, भने भीमफेदी गाउँपालिकामा अध्यक्षसहित ९ वटामध्ये ५ वडामा नेतृत्व गरेको छ ।
भीमफेदीको उपाध्यक्षमा गठबन्धनका कांग्रेस र माओवादीले क्रमश ३ र १ नं वडामा नेतृत्व हात पारेको छ । कैलाश गाउँपालिकामा भने अध्यक्ष तथा उपाध्यक्ष गठबन्धनले जित्दा पाँच वडामा नेपाली कांग्रेस विजयी भएको छ भने नेकपा एमाले र माओवादी केन्द्र क्रमशः ४ र १ वडामा विजयी भएको छ ।
जिल्ला निर्वाचन कार्यालयले अब मकवानपुरगढी गाउँपालिकाको ८ वडामध्ये दुईवटा वडा मात्रै गन्न बाँकी रहेको र मनहरी, बकैया र राख्सिराङ गाउँपालिकाको अन्तिम परिणाम आजै रातिसम्म आउने जनाएको छ । मनहरि, बकैया र बागमती गाउँपालिकाको पनि मतगणना जारी रहेको छ । थाहा नगरपालिकाको आठ वटा वडाको मतगणना सम्पन्न भइसकेको छ भने हेटौँडा उपमहानगरपालिका र थाहा नगरपालिकासहित पाँच वटा गाउँपालिकाको मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिएका छन् ।
हेटौँडा उपमहानगरपालिकाको चारवटा वडाको मतगणनाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । वडा नं १ मा गठबन्धनका सविन न्यौपाने, २ मा पनि गठबन्धनकै विष्णु गोपाल महर्जन निर्वाचित हुनुभएको छ भने १८ नम्बरमा एमालेका अनिल बानियाँ र १९ नम्बरमा पनि एमालेकै नरनाथ सुवेदी निर्वाचित भएका छन् ।
कूल १९ वटा वडा रहेको हेटौँडामा चारवटा वडाको मतपरिणाम अनुसार गठबन्धनको तर्फबाट प्रमुख तथा उपप्रमुखका उम्मेदवार भएकाद्वय मीना लामा र राजेश बानियाँले अग्रता कायमै राखेका छन् । मतगणना जारी रहेको जनाइएको छ ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया