दोस्रो खेलमा पनि नेपाल युगाण्डासँग पराजित

काठमाडौं । नेपाल भ्रमणमा रहेको युगाण्डासँगको दोस्रो टी–२० खेलमा पनि नेपाल पराजित भएको छ ।
कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको खेलमा नेपाल एक विकेटको झिनो अन्तरले पराजित भएको हो ।
पहिले ब्याटिङ गर्दै नेपालले युगाण्डालाई १०२ रनको लक्ष्य दिएको थियो । मध्यम लक्ष्य पछ्याएको युगाण्डाले अन्तिम एक बल बाँकी छँदै ९ विकेट क्षतिमा जित हात पार्यो ।
लगातार चार विकेट गुमाए पनि युगाण्डाको महिला टोलीले नेपालविरुद्ध एक बल खेल्नु अगावै जित दर्ता गरेको हो ।
नेपाललाई पराजित गर्न रीता मुसामलीले ३०, फ्रयाकलिन नाज्जुबाले १९ र जानेत एम्बाज्जीले १६ रन बनाए ।
बलिङतर्फ नेपालका कविता कुँवर र सबनम राईले दुईदुई विकेट लिए ।
नेपालका लागि पहिले ब्याटिङ गर्दै बिन्दु रावलले २६, सरिता मगरले २२ र रुविना क्षेत्रीले १७ रन बनाए । तर अरु ब्याटर चल्न नसक्दा
नेपालले युगाण्डालाई चुनौतीपूर्ण लक्ष्य दिन सकेन । नेपालले अझै तीनवटा टी–२० का खेल खेल्न बाँकी छ ।
प्रतिक्रिया