स्थानीय निर्वाचन : एक लाख म्यादी प्रहरी भर्ना गर्न ७ अर्ब १९ करोड खर्च हुने
काठमाडौं । आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनका लागि एक लाख भन्दा बढी म्यादी प्रहरी परिचालन हुने भएको छ ।
नेपाल प्रहरीले निर्वाचन सुरक्षामा खटिने म्यादी प्रहरीका लागि झण्डै आठ अर्ब रूपैयाँ खर्च हुने अनुमान सहित बजेट माग गरेको छ ।
प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई अति आवश्यक भन्दै निर्वाचनमा खटिने म्यादी प्रहरीका लागि सात अर्ब १९ करोड ९४ लाख पाँच हजार आठ सय १९ रूपैयाँ माग गरेको हो ।
स्थानीय तह निर्वाचनमा सरकारले ५० दिनका लागि एक लाख १८ हजार दुई सय ३१ जना म्यादीप्रहरी नियुक्त गर्नेबारे गृह मन्त्रालयमा छलफल भइसकेको छ ।
म्यादी प्रहरीको भर्ना आवेदन, छनौट, नियुक्ति, तालिम एवं सम्बन्धित म्यादी प्रहरी मापदण्डअनुसार पाउने सेवा सुविधाका लागि उक्त रकम खर्च हुने नेपाल प्रहरीको दावी छ ।
प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरीलाई पारिश्रामिक, पोशाक, खाद्यन्न, स्थानीय भत्ता, अन्य भत्ता, पानी तथा विजुली, अन्य कार्य सञ्चालन खर्च, कर्मचारी तालिम खर्च, भ्रमण खर्च, विविध खर्र्च, घर भाडा लगायतका शिर्षकमा रकम माग गरेको छ ।
त्यसको लागि महानगरीय प्रहरी कार्यालयको लागि ३६ करोड ३८ लाख १६ हजार चार सय ९५ र जिल्ला प्रहरी कार्यालयलाई ६ अर्ब ८३ करोड ५५ लाख ८९ हजार चार सय चार रूपैयाँ दिनेगरी सात अर्ब १९ करोड ९४ लाख पाँच हजार आठ सय ९९ रूपैयाँ माग गरिएको हो ।
सरकारले आगामी वैशाख ३० गते स्थानीय तह निर्वाचनको घोषणा गरिसकेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया