महोत्तरीको अध्यक्षमा तमलोपा र उपाध्यक्षमा जसपा निर्वाचित
महोत्तरी । महोत्तरीको महोत्तरी गाउँपालिकाको अध्यक्ष पदमा तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) र उपाध्यक्ष पदमा जनता समाजवादी नेपाल (जसपा) ले विजयी प्राप्त गरेको छ ।
तमलोपाका दिलीपकुमार पाण्डेयले दुई हजार ३३६ मत प्राप्त गरी अध्यक्ष पदमा विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका अजयजङ्ग रायले दुई हजार २०८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलले बताए ।
यसैगरी उपाध्यक्ष पदमा जसपाकी दिपोदेवी पासवानले दुई हजार ६४ मत प्राप्त गरेर विजयी भएको छ भने उनका निकटतम प्रतिद्वन्द्वी तमलोपाकी ललितादेवी साहले एक हजार ९९१ मत प्राप्त गरेका छन् ।
जिल्लाको तीनवटा पालिकाको मतगणना सम्पन्न भइसक्दा नेपाली कांग्रेस एक, नेकपा नेकपा (एमाले) एक र तमलोपाले एक जितेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया