घोडाघोडीको प्रमुखमा रावत र उपप्रमुखमा चौधरी निर्वाचित
गोदावरी । कैलालीको घोडाघोडी नगरपालिकाको प्रमुखमा नेकपा (एकीकृत समाजवादी) का खड्क रावत निर्वाचित भएका छन्।
उनी नेकपा (एमाले) का ममताप्रसाद चौधरीलाई पराजित गर्दै नगरप्रमुखमा निर्वाचित भएका हुन् । रावतले १३ हजार १२८ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी चौधरीले आठ हजार २४१ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा कांग्रेसकी गुलियाकुमारी चौधरी विजयी भएकी छन् । उनले १२ हजार २७० मत प्रप्त गरेर विजयी हुँदा एमालेका करुण वम बटलाले ६ हजार ९६३ मत प्राप्त गरेका छन् ।
कैलालीका १३ वटा पालिकामध्ये घोडाघोडी नगरपालिकासहित आठ पालिकाको मतपरमाण सार्वजनिक भइसकेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया