काठमाडौं महानगरपालिकाको ५ वटा वडा एमालेको पकडमा
काठमाडौं । काठमाडौं महानगरपालिकाको १ देखि ५ नम्बर वडामा एमालेका उम्मेदवारले वडाध्यक्ष जितेका छन् ।
वडा नम्बर १ मा भरतलाल श्रेष्ठ, २ मा राजेन्द्रकुमार श्रेष्ठ, ३ मा प्रेम थापा, ४ मा दिनेश महर्जन र ५ मा वीरेन्द्र प्रजापतीले वडाध्यक्षको पद हात पारेका हुन् । यी पाँच वटै वडामा निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवारलाई हराउँदै एमालेले जितेको हो ।
वडा नम्बर ४ मा भने एमालेको प्यानल नै विजयी भएको छ ।
हाल प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आठ स्थानबाट कामपाको मतगणना भइरहेको छ । अहिले वडा नं ६, ७, ८, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना कार्य जारी छ । वडा नं १, २, ३, ४ र ५ को मतपरिणाम सार्वजनिक भइसकेको छ ।
त्यसैगरी कामपाकै प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले अग्रता कायम गरिरहेका छन्, भने उनलाई एमालेका केशव स्थापितले पछ्याइरहेका छन् । नेपाली कांगेसका तर्फबाट प्रमुखका उम्मेदवार सिर्जना सिंह तेस्रो स्थानमा छिन् ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया