काठमाडौं महानगरपालिकाको ५ वटा वडा एमालेको पकडमा
काठमाडौं । काठमाडौं महानगरपालिकाको १ देखि ५ नम्बर वडामा एमालेका उम्मेदवारले वडाध्यक्ष जितेका छन् ।
वडा नम्बर १ मा भरतलाल श्रेष्ठ, २ मा राजेन्द्रकुमार श्रेष्ठ, ३ मा प्रेम थापा, ४ मा दिनेश महर्जन र ५ मा वीरेन्द्र प्रजापतीले वडाध्यक्षको पद हात पारेका हुन् । यी पाँच वटै वडामा निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवारलाई हराउँदै एमालेले जितेको हो ।
वडा नम्बर ४ मा भने एमालेको प्यानल नै विजयी भएको छ ।
हाल प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आठ स्थानबाट कामपाको मतगणना भइरहेको छ । अहिले वडा नं ६, ७, ८, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना कार्य जारी छ । वडा नं १, २, ३, ४ र ५ को मतपरिणाम सार्वजनिक भइसकेको छ ।
त्यसैगरी कामपाकै प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले अग्रता कायम गरिरहेका छन्, भने उनलाई एमालेका केशव स्थापितले पछ्याइरहेका छन् । नेपाली कांगेसका तर्फबाट प्रमुखका उम्मेदवार सिर्जना सिंह तेस्रो स्थानमा छिन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया