मुगु जिल्लाभर एमालेले एउटा उपाध्यक्ष मात्रै जित्यो
मुगु । मुगुमा नेकपा एमालेले एउटा उपाध्यक्षको सिटमात्रै जितेको छ । त्यहाँ चार वटा स्थानीय तहमा एमालेले एउटा पनि प्रमुख पद हात पार्न सकेन ।
मुगुम कार्मरोङ गाउँपालिकाको उपाध्यक्षमा एमालेकी छिरिङ तामाङ विजयी भएकी हुन् ।
त्यही गाउँपालिकाको अध्यक्ष कांग्रेसकै छिरिङ क्याप्ने लामाले जितेका छन् । त्यस्तै छायानाथ रारा नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पद कांग्रेसका विष्णुकुमार भाम तथा उपप्रमुख ऐश्वर्य मल्लले जितेका छन् ।
खत्याड गाउँपालिकामा माओवादीका अजबहादुर शाही अध्यक्ष र उपाध्यक्षमा कांग्रेसकी सरिता रोकाया, सोरु गाउँपालिकामा एकीकृत समाजवादीका धर्मबहादुर शाही अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका केशरबहादुर शाही विजयी भएका छ्न् ।
नेपाली कांग्रेस दुई पालिकामा प्रमुख, तीन उपप्रमुख र १८ वडाअध्यक्ष जितेर पहिलाे स्थानमा छन् । दाेस्राेमा माओवादीले एक पालिका अध्यक्षसहित ७ वडाध्यक्ष जितेको छ । एकीकृत समाजवादीले एक वडाध्यक्ष र एक पालिका अध्यक्ष, एमालेले एक उपाध्यक्षसहित १६ वडा आफ्नो नेतृत्वमा ल्याएकाे छ ।
यसअघिकाे निर्वाचनमा एमालेले एक प्रमुख, ४ उपप्रमुख र २१ वडामा विजयी भएकाे थियाे । कांग्रेसले ३ प्रमुखसहित १६ वडा र माओवादी ८ वडाध्यक्ष मात्रै हात पारेकाे थियाे ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया