मुगु जिल्लाभर एमालेले एउटा उपाध्यक्ष मात्रै जित्यो

मुगु । मुगुमा नेकपा एमालेले एउटा उपाध्यक्षको सिटमात्रै जितेको छ । त्यहाँ चार वटा स्थानीय तहमा एमालेले एउटा पनि प्रमुख पद हात पार्न सकेन ।
मुगुम कार्मरोङ गाउँपालिकाको उपाध्यक्षमा एमालेकी छिरिङ तामाङ विजयी भएकी हुन् ।
त्यही गाउँपालिकाको अध्यक्ष कांग्रेसकै छिरिङ क्याप्ने लामाले जितेका छन् । त्यस्तै छायानाथ रारा नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पद कांग्रेसका विष्णुकुमार भाम तथा उपप्रमुख ऐश्वर्य मल्लले जितेका छन् ।
खत्याड गाउँपालिकामा माओवादीका अजबहादुर शाही अध्यक्ष र उपाध्यक्षमा कांग्रेसकी सरिता रोकाया, सोरु गाउँपालिकामा एकीकृत समाजवादीका धर्मबहादुर शाही अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका केशरबहादुर शाही विजयी भएका छ्न् ।
नेपाली कांग्रेस दुई पालिकामा प्रमुख, तीन उपप्रमुख र १८ वडाअध्यक्ष जितेर पहिलाे स्थानमा छन् । दाेस्राेमा माओवादीले एक पालिका अध्यक्षसहित ७ वडाध्यक्ष जितेको छ । एकीकृत समाजवादीले एक वडाध्यक्ष र एक पालिका अध्यक्ष, एमालेले एक उपाध्यक्षसहित १६ वडा आफ्नो नेतृत्वमा ल्याएकाे छ ।
यसअघिकाे निर्वाचनमा एमालेले एक प्रमुख, ४ उपप्रमुख र २१ वडामा विजयी भएकाे थियाे । कांग्रेसले ३ प्रमुखसहित १६ वडा र माओवादी ८ वडाध्यक्ष मात्रै हात पारेकाे थियाे ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया