धादिङको थाक्रे गाउँपालिकामा अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी विजयी
धादिङ । धादिङको थाक्रे गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।
अध्यक्षमा एमाले उम्मेदवार रामकुमार आचार्य दुई हजार २३९ मतको अन्तरमा विजयी भएका हुन् । आचार्यले १० हजार ३५५ तथा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद विडारीले आठ हजार ११६ मत प्राप्त गरे ।
यसैगरी उपाध्यक्षमा पाँच दलीय गठबन्धनका तर्फबाट माओवादी केन्द्रका यन्त्रबहादुर थापाले एमालेकी अम्बिका रुपाखेतीलाई ३४० मतान्तरले हराए । थापाले नौ हजार ४३१ तथा रुपाखेतीले नौ हजार ९१ मत प्राप्त गरे ।
योसँगै धादिङको दुई नगरपालिका, ११ गाउँपालिका र १०४ वडाको नतिजा आएको छ । कांग्रेसले पालिका प्रमुख सात र उपप्रमुख पाँच, माओवादी केन्द्रले पालिका प्रमुख तीन र उपप्रमुख पाँच, एकीकृत समाजवादीले पालिका प्रमुख एक र उपप्रमुख तीन तथा एमालेले दुई पालिका प्रमुखमा जित हासिल गरेको छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया