नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का पालिका प्रमुखमा कांग्रेस र एमालेकाे समान जित

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा नेकपा (एमाले) र नेपाली कांग्रेसले तीन/तीन तथा नेकपा (माओवादी केन्द्र) ले एउटा स्थानीय तहको नेतृत्व जित्न सफल भएका छन् । उपप्रमुखमा भने कांग्रेसले तीन, एमालेले दुई, तथा माओवादी केन्द्र र राप्रपाले एक/एक स्थानीय तहमा जितेका छन् ।
पाल्हीनन्दन गाउँपालिकाको मतगणना शुक्रबार बिहान सकिएसँगै जिल्लाका सातवटै स्थानीय तहको नतिजा सार्वजनिक भएको हो ।
अघिल्लो निर्वाचनमा चार स्थानीय तहको नेतृत्व जितेको कांग्रेसले यसपटक एउटा नेतृत्व गुमाएको छ भने दुई स्थानीय तहको नेतृत्व जितेको एमालेले यसपटक थप एक जोड्न सफल भएको छ । माओवादी केन्द्रले भने एउटा स्थानीय तह जितेकामा अहिले पनि दोहोराएको छ ।
उपप्रमुखमा यसअघिको निर्वाचनमा कांग्रेसले चार स्थानीय तहमा जितेकोमा यसपटक तीनवटामा खुम्चिएको छ भने एमालेले अघिल्लो पटक तीन स्थानीय तहमा जितेकोमा यसपटक दुईमा झरेको छ ।
माओवादी केन्द्रले भने अघिल्लो पटक उपप्रमुखमा विजयी हासिल नगरे पनि यसपटक एउटा स्थानीय तहको उपप्रमुखमा जितेको छ । अघिल्लो पटक नेतृत्वमै नरहेको राप्रपाले यसपटक एउटा स्थानीय तहको उपप्रमुख जित्न सफल भएको छ ।
जिल्लामा तीन नगरपालिका र चार गाउँपालिका छन् । एमालेले रामग्राम नगरपालिकामा प्रमुख, सुनवल नगरपालिका र सरावल गाउँपालिकामा प्रमुख र उपप्रमुख जितेको छ भने कांग्रेसले बर्दघाट नगरपालिकामा प्रमुख, पाल्हीनन्दन गाउँपालिकामा उपप्रमुख, प्रतापपुर र सुस्ता गाउँपालिकामा प्रमुख र उपप्रमुख दुवै जितेको छ ।
माओवादी केन्द्रले पाल्हीनन्दन गाउँपालिकाको प्रमुख र बर्दघाट नगरपालिकाको उपप्रमुख जितेको छ भने राप्रपाले रामग्राम नगरपालिकाको उपप्रमुख जितेको छ ।
दुई लाख ३७ हजार १२५ मतदाता रहेको जिल्लामा ७७.७६ प्रतिशत अर्थात् एक लाख ८४ हजार ३८२ मत खसेको थियो ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया