भरतपुर महानगरपालिकामा ५५ हजार बढी मतगणना, रेनुकै अग्रता
चितवन । भरतपुर महानगरपालिकामा ५५ हजार ६८० मतको गणना सकिएको छ । भरतपुरमा एक लाख २७ हजार ८३९ मत खसेको थियो । महानगरको वडा नं १ देखि १० सम्मको मतगणना सकिँदा ४६ हजार १२३ मतगणना सम्पन्न भएको छ ।
अहिले भरतपुरका वडा नं ११ र १२ मा मतगणना जारी रहेको छ । वडा नं ११ मा हालसम्म छ हजार ५८२ र वडा नं १२ मा दुई हजार ९७५ मतगणना गरिएको छ ।
महानगरको मतगणनाअनुसार पाँचदलीय गठबन्धनबाट प्रमुख र उपप्रमुखमा अग्रता कायम रहेको छ ।
प्रमुखमा गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहालले तीन हजार २६७ मतले अग्रता लिएकी छन् भने उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले नौ हजार ३४३ मतका साथ अग्रता लिएका छन् ।
प्रमुखमा दाहालले २१ हजार ८५ मत प्राप्त गर्दा नेकपा (एमाले)का विजय सुवेदीले १७ हजार ८१८ र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले आठ हजार २६ मत प्राप्त गरेका छन् ।
यस्तै उपप्रमुखमा अधिकारीले २३ हजार ४८७ मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुङले १४ हजार १४४ मत प्राप्त गरेकी छन् ।
गणना भइरहेका वडामा एमालेका उम्मेदवार अग्रस्थानमा रहेका छन् । यसअघि गणना भएका १० वडामध्ये सातमा कांग्रेस, दुईमा नेकपा (एकीकृत समाजवादी) र एउटामा एमाले विजयी भएका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया