पाल्पाको रम्भामा रोकिएको मतगणना शुक्रबारबाट सुरू हुने
पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा रोकिएको मतगणना कार्य शुक्रबारदेखि सुरु हुने भएको छ । वडा नं ५ ताहुँको मतगणना गर्ने क्रममा विवाद भएपछि गत वैशाख ३१ गते साँझ ५ बजेदेखि स्थगित भएको थियो ।
निर्वाचन आयोगले कर्मचारी व्यवस्थापन गरेर रोकिएको मतगणना सुरु गर्न निर्वाचन कार्यालय पाल्पा र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।
आयोगले प्रशासनलाई विशेष सुरक्षा व्यवस्था गरेर भए पनि मतगणना गर्न निर्देशन दिएको हो । बुधबार आयोगले पत्र पठाएर मतगणना गर्न निर्देशन दिएपछि बिहीबार कर्मचारी व्यवस्थापन गरेर शुक्रबार मतगणना गरिने भएको हो ।
कर्मचारीको व्यवस्थापन भइसकेको छ भने अब दलका प्रतिनिधि उपस्थित भएपछि मतगणना गरिने तयारी भइरहेको रम्भाका निर्वाचन अधिकृत कृष्णप्रसाद भण्डारीले बताए ।
मतगणना सकिएर जोड्ने क्रममा ७४ फर्जी मत भेटिएपछि गणना कार्य स्थगित भएको थियो । यहाँ एक हजार ९२२ मत खसेको थियो ।
सत्तारुढ गठबन्धनका विभिन्न दलले विज्ञप्ति जारी गर्दै सार्वजनिक नतिजाप्रति असहमति जनाउँदै पुनःमतदानको माग गरेका छन् ।
मतगणनास्थलमा गठबन्धनका कार्यकर्ता र प्रहरीबीच झडपसमेत भएको थियो । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा नौ स्थानीय तहको मतपरिणाम सार्वजनिक भइसकेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया