गढमै एमालेलाई धक्का, कांग्रेसका खेलराज विजयी
बुटवल । नेकपा एमालेको गढ मानिने रुपन्देहीको बुटवल उपमहानगरपालिकामा झन्डै ३ दशकपछि कांग्रेसले विजयी भएको छ । सत्ता गठबन्धनबाट मेयर उम्मेदवार कांग्रेसका खेलराज पाण्डेयले मेयर पदमा विजयी भएका छन् ।
पाण्डेयले ३० हजार १ सय ३० मत पाएर विजयी भएका हुन् भने एमाले उम्मेदवार बाबुराम भट्टराईले २२ हजार ५ सय ९७ मत प्राप्त गरेका छन् ।
उपमेयरमा नेकपा एमालेकी सावित्रा अर्यालले एकीकृत समाजवादीका चिनबहादुर गुरुङलाई सात हजार ९२२ मतले पराजित गर्दै निर्वाचित भएकी हुन् । अर्यालले २४ हजार ९०४ मत ल्याएकी छन् भने गुरुङले १६ हजार ९८० मत पाएका छन् ।
यसअघि २०४९ सालमा कांग्रेसले मेयर जितेको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया