काठमाडौंमा ३१ हजार मत गन्न बाँकी, बालेन नै अगाडि
काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्रतर्फका मेयर उम्मेदवार बालेन शाह फराकिलो मतका साथ अग्रस्थानमै छन् । मतगणना सुरु भएकाे दिनदेखिबाट बालेनले आफ्नाे अग्रता कायम गरिराखेका छन् ।
पछिल्लो मतपरीणाम अनुसार बालेन यतिबेला ४६,४७६ मतका साथ अग्रस्थानमा छन् । त्यस्तै उनका प्रत्यासी तथा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २७७९९ मत प्राप्त गरेकी छन् भने नेकपा एमालेक उम्मेदवार केशव स्थापितले २६८६१ मत ल्याएका छन् ।
हाल काठमाडौंमा ९ वटा वडाको मतगणना जारी छ । त्यसमध्ये वडा ९, १०, १३, १४, १५, २०, २१, २२ र २३ पर्छन् । अहिलेसम्म १३५६९३ मतगणना भइसकेको छ । त्यसमध्ये अब ३१, ३०७ मत गणना हुन बाँकी छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया