सिनियर खेलाडीविना जोर्डनसँग भिड्दै नेपाल
काठमाडौं । नेपालले आज राति एएफसी एसियन कप २०२३ को छनोट खेलमा जोर्डनविरुद्ध खेल्दैछ । नेपाली समय अनुसार आज राति ९ बजे नेपालले जोर्डनविरुद्ध खेल्न लागेको हो ।
यो खेल कुवेतको जाबिर अल अहमद रंगशालामा हुँदैछ । नेपालले यसपटक सबै सिनियर नभइ युवा टिमलाई पठाएको छ । पछिल्लो समय विवाद बढेपछि नियमित कप्तान किरण चेम्जोङ, उपकप्तान रोहितसहितका सिनियर खेलाडी टिममा हुने छैनन् ।
पछिल्लो समय नेपाली फुटबल र मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीबीच विवाद बढेको छ ।
कप्तानको जिम्मेवारी नवयुग श्रेष्ठलाई दिइएको छ । जोर्डनसँग नेपालले अहिलेसम्म चार खेल खेल्दा एकमा बराबरी र तीनमा पराजय बेहारेको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया