अस्ट्रेलिया विश्वकपमा छनोट
काठमाडौं । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलका लागि अस्ट्रेलिया छनोट भएको छ ।
अन्तरमहादेशीय प्लेअफमा पेनाल्टी सुटआउटमा पेरुलाई पराजित गर्दै अस्ट्रेलिया फिफा विश्वकपमा छनोट भएको हो।
कतारको अहमद विन अली रंगशालामा गएराति भएको खेल बराबरी भएपछि पेनाल्टी सुटआउटमा प्रवेश गरेको थियो । जसक्रममा अस्ट्रेलियाले ५–४ गोलअन्तरको जित निकाल्यो ।
योसँगै अस्ट्रेलियाले लगातार पाँचौंपटक विश्वकप खेल्न पाउने भएको छ ।
विश्वकपमा अस्ट्रेलिया समूह डीमा परेको छ । फ्रान्स, डेनमार्क र ट्यूनिसिया पनि यही समूहमा रहेकाले उसले यी देशको सामना गर्नुपर्ने छ ।
ताजा अपडेट
-
प्रधानमन्त्रीको विश्वासको मत संकटमा !
-
नेपाली सेनाका क्याप्टेन हिरासतमा
-
संसदमा रवि लामिछानेको टेलिभिजन प्रस्तोताको शैली, गगनदेखि चित्रबहादुरसम्मलाई संगिन आरोप
-
श्रीलंकामा आर्थिक संकटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन
-
‘केटी काण्ड’ले प्रहरी जवानको हत्या
प्रतिक्रिया