अल्भेसले छाड्ने भए बार्सिलोना
काठमाडौं । डिफेन्डर डानी अल्भेसले स्पेनिस क्लब बार्सिलोनासँगको आबद्धताबाट अलग हुने भएका छन् ।
गत वर्ष मात्रै बार्सिलोना फर्किएका उनले एक सिजनपछि बार्सिलोना छाड्ने भएका हुन् ।त्यसो त उनले एक सिजनका लागि मात्र सम्झौता गरेका थिए ।
अल्भेसले बार्सिलोनाका लागि कुल ४ सय ७ खेल खेलेका छन् । उनी सहभागी ६ ला लिगामा बार्सिलोना च्याम्पियन बनेको थियो ।
बार्सिलोना छाड्न लागेका ३९ वर्षीय डिफेन्डरको अबको यात्राबारे केही बताइएको छैन । सम्झौता रिन्यु नभएकाले उनी अब फ्रि ट्रान्सफरमा अन्य क्लबसँग अनुबन्ध हुनेछन् ।
ताजा अपडेट
-
संसदमा रवि लामिछानेको टेलिभिजन प्रस्तोताको शैली, गगनदेखि चित्रबहादुरसम्मलाई संगिन आरोप
-
श्रीलंकामा आर्थिक संकटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन
-
‘केटी काण्ड’ले प्रहरी जवानको हत्या
-
मेची भन्सारबाट एघार अर्ब भन्दा बढी राजस्व संकलन
-
मौद्रिक नीतिको प्रभावले सेयर बजारमा हरियाली
प्रतिक्रिया